+
+

उत्तर कोरियाले गर्‍यो लामो दुरीको मिसाइल परीक्षण

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २८ गते ९:३१

२८ भदौ, काठमाडौं । उत्तर कोरियाले लामो दुरीको क्रुज मिसाइल परीक्षण गरेको छ ।

सरकारी मिडिया केसीएनले शनिबार र आइतबार दुई वटा क्रुज मिसाइलको सफल परीक्षण गरेको जनाएको छ । यसले एक हजार पाँच सय किलोमिटर टाढासम्म आक्रमण गर्न सक्छ ।

उत्तर कोरियाले यसअघि गत जनवरीमा क्रुज मिसाइल परीक्षण गरेको थियो । त्यतिबेला अमेरिकी राष्ट्रपति जो बाइडनले शपथ ग्रहण गर्दै थिए ।

अहिले जापानको राजधानी टोकियोमा अमेरिका, जापान र दक्षिण कोरियाबीच उत्तर कोरियाको विषयमा छलफल गर्न गइरहेको बेला मिसाइल परीक्षण गरिएको छ ।

ब्यालेस्टिक मिसाइल र परमाणु कार्यक्रमका कारण उत्तर कोरियाले अन्तर्राष्ट्रिय प्रतिबन्धको सामना गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?