+
+
Shares

पर्यटन उद्योगमा ठूलो लगानीलाई छुटैछुट

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २८ गते १४:०४
फाइल तस्वीर

२८ भदौ, काठमाडौं । सरकारले पर्यटन उद्योगमा नयाँ लगानी आकर्षित गर्न आकर्षक प्याकेज ल्याएको छ ।  ५ अर्ब रुपैयाँभन्दा बढी पूँजी लगानीमा खुल्ने पर्यटन क्षेत्रसँग सम्बन्धित उद्योग र अन्तर्राष्ट्रिय हवाई कम्पनीले कारोबार शुरु गरेको मितिबाट १५ वर्षसम्म आयकरमा पूर्ण रुपमा छुट पाउने भएका छन् ।

यसैगरी ३ अर्ब रुपैयाँभन्दा बढी पूँजी लगानी गर्ने कम्पनीलाई भने सरकारले कारोबार शुरु गरेको मितिबाट १० वर्षसम्म पूर्ण रुपमा आयकर छुट दिने भएको छ । त्यसपछिको ५ वर्षसम्म आयकर ५० प्रतिशत मात्र तिरे पुग्ने भएको छ ।

सरकारले आयकर ऐन २०५८ मा संशोधन गरी यस्तो प्रावधान राखेको हो । १ अर्ब रुपैयाँभन्दा बढीको पूँजी लगानीमा स्थापना भएका कम्पनीले भने कारोबार शुरु गरेको मितिले ५ वर्षसम्म आयकरमा पूर्ण रुपमा छुट पाउने भएका छन् । त्यसपछिको तीन वर्षसम्म भने मात्र २५ प्रतिशत आयकर तिरे पुग्ने भएको छ । कोरोना भाइरसको महामारीका कारण पर्यटनमा नयाँ लगानीकर्ता आउन डराइरहेको समयमा सरकारले ठूलो लगानी आकर्षित गर्न छुट योजना ल्याएको हो ।

कर्णालीमा एक सयभन्दा बढी रोजगारी दिने उद्योगले पनि १५ वर्ष छुट पाउने

पर्यटनसहित जुनसुकै उद्योग पनि कर्णाली प्रदेशभित्र सञ्चालनमा ल्याएर कम्तीमा एक सय जना नेपाली नागरिकलाई रोजगारी दिने उद्योगले भने १५ वर्षसम्म नै आयकरमा पूर्ण छुट पाउने भएका छन् । अर्थमन्त्री जनार्दन शर्माले कर्णाली र प्रदेश २ बाट गरिबी उन्मूलन नगरेसम्म मुलुकको गरिबी नहट्ने भन्दै कर्णालीमा उद्योगहरुलाई आकर्षित गरिएको बताए ।

सरकारले आयकर ऐनमा संशोधन गरी स्वास्थ्य क्षेत्रमा समेत छुट र सहुलियत दिएको छ । स्वास्थ्य खोप, अक्सिजन ग्यास तथा स्यानिटरी प्याड उत्पादन गर्ने उद्योगलाई उत्पादन शुरु गरेको मितिले तीन वर्षसम्म नै आयकरमा शतप्रतिशत छुट दिइएको छ । त्यसपछिको दुई वर्ष भने ५० प्रतिशत मात्र आयकर तिरे पुग्ने आर्थिक विधेयकमा उल्लेख छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?