+
+

शक्तिको दुरुपयोग गरेर देउवाले पार्टी कब्जा गर्न खोजे : रामचन्द्र पौडेल

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २८ गते १५:११
फाइल तस्वीर

२८ भदौ, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी कब्जा गर्ने दुस्साहस गरिरहेको आरोप लगाएका छन् । देउवाले सत्ता र शक्तिको दुरुपयोग गरेर कतिपय वडा अधिवेशन भएको र त्यो आफूहरुलाई मान्य नहुने उनले चेतावनी दिए ।

नेपाली कांग्रेस जिल्ला कार्य समिति सिन्धुपाल्चोकले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै पौडेलले भने, ‘वडा अधिवेशनहरु भयो भनेर नाटक रच्न खोजिएको छ । हामी यसलाई मान्दैनौं । हामी त्यसको विरुद्धमा छौं । यस्तो चुनाव हुनुहुँदैन, त्यसरी धाँधलीका प्रपञ्च रच्न, यसरी सत्ता र शक्तिको दुरुपयोग गर्न नेपाली कांग्रेस जस्तो पार्टीलाई सुहाउँदैन ।’

नेता पौडेलले सभापति देउवाले पार्टीको क्रियाशील सदस्यता छानबिन गर्ने काममा समेत देशभर धाँधली गरेको आरोप लगाए । उनले पार्टीको आगामी महाधिवेशनबाट सही नेतृत्व चयन गर्ने गरी अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?