+
+

शेयर बजारमा झिनो सुधार

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २८ गते १५:२२

२८ भदौ, काठमाडौं । शेयर बजार परिसूचक नेप्सेमा सोमबार झिनो वृद्धि देखिएको छ । साताको पहिलो दिन आइतबार ७१ अंकले बढेको बजार सोमबार भने शून्य दशमलव २७ अंकले मात्र बढेको छ ।

अघिल्लो साता निरन्तर घटेको बजारमा यो साताबाट भने लगानीकर्तामा उत्साह फर्किएको देखिएको छ । किनकि साताको पहिलो दिनबाटै कारोबार रकम ९ अर्ब नाघेको छ । सोमबार समेत कारोबार ९ अर्ब २९ करोड ५ लाख ५४ हजार १ सय ५५ रुपैयाँ पुगेको छ । सोमबार बजार २९४७.६९ बिन्दुमा पुगेको छ । यो वृद्धि ०.०१ प्रतिशत मात्र हो ।

सोमबार कुल २२६ कम्पनीको कारोबार भयो । ९२ हजार २ सय १८ वटा कारोबारबाट सोमबार १ करोड ५६ लाख ८१ हजार १ सय ८४ कित्ता शेयर किनबेच भएको तथ्यांक छ ।

सोमबार जलविद्युत कम्पनीका लगानीकर्ताले बढी गुमाए । उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स, अन्य, म्युचुअल फण्ड र लगानी समूहको परिसूचक समेत ओरालो लाग्यो । अन्य समूह भने हरियो रहे । सबैभन्दा बढी कमाउनेमा निर्जीवन बीमा कम्पनी रहे । सोमबार अजोड इन्स्योरेन्सको मूल्य सबैभन्दा बढी १० प्रतिशतले बढेको छ ।

मनकामना स्मार्ट लघुवित्त र सानिमा लाइफ इन्स्यारेन्सको समेत सर्टिक लेबलमा कारोबार भयो । युनाइटेड आईडीआई मर्दी आरबी हाइड्रोपावर, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट समेत बढी कमाउने कम्पनीमा परे । सोमबार कालिका पावर कम्पनी, राइराङ हाइड्रोपावर, ग्रिनलाइफ हाइड्रोपावर, युनिभर्सल पावर कम्पनी, माउण्टेन हाइड्रो नेपालसहितका कम्पनीका लगानीकर्ताले भने बढी गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?