+
+

ओडीआई वरीयतामा नेपालले ओमानलाई पछि पार्‍यो

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २९ गते १३:०४
नेपाली राष्ट्रिय क्रिकेट टिम (फाइल तस्वीर)

२९ भदौ, काठमाडौं । आईसीसी ओडीआई वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ ।  ओमानमा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत पहिलो खेलमा अमेरिकालाई पराजित गरेपछि नेपाल वरीयतामा एक स्थान सुधार गर्दै १५औं स्थानमा उक्लेको छ ।

ओमान भ्रमणअघि नेपाल १६ औं स्थानमा थियो । पपुवा न्युगिनी विरुद्धको दुई खेल समेत जितेको नेपाल ओमानलाई पछि पार्दै १५ औं स्थानमा पुगेको हो । यसअघि १५ औं स्थानमा रहेको ओमान १६ औं स्थानमा झरेको  छ ।

यस्तै नेपालसँग पराजित अमेरिका १९औं स्थानमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?