+
+

आठ कुरा, जो बच्चाको लागि जरुरी हुन्छ

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २९ गते १५:२४

बच्चालाई जस्तो चाहनुहुन्छ, त्यस्तै बनाउन सक्नुहुनेछ । घरको चालचलन, बोलीचाली, व्यवहार सबै कुरा बच्चाले सिक्छन् । र, त्यही अनुसार उसको जीवनशैली पनि निर्देशित हुन्छ । त्यसैले घरको वातावरण त्यस्तो हुनुपर्छ, जसले बच्चामा असल प्रवृत्तिको विकास होस् ।

बच्चालाई के गराउने, के नगराउने, के खान सिकाउने, कसरी खान सिकाउने सबै कुरा तपाईको हातमा छ । अतः यहि उमेरमा तपाईले बच्चालाई निम्न कुरामा अभ्यस्त गराउन सक्नुहुनेछ, जसले स्वस्थ्य जीवनशैली जिउन सहयोग गर्नेछ ।

१. चाडै उठ्ने

बच्चालाई चाडै उठ्ने बानी गराउनु पर्छ । चाडै उठ्नु शारीरिक तथा मानसिक स्वस्थ्यका लागि लाभदायक छ । साथसाथै, यसले समयको बचत पनि हुन्छ । संभव भएसम्म विहान घाम झुल्कनुअघि बच्चालाई उठ्ने बानी गराउनुहोस् । पढ्ने बच्चाका लागि बिहानको समय एकदमै अनुकुल हुन्छ । यतिबेला वायुमण्डलमा ताजा हावा चल्छ । वातावरण शान्त हुन्छ । साथै, चाडै उठ्दा होमवर्क गर्न, पाठ पढ्न लगायत दैनिक कार्य गर्न समेत समय पुग्छ ।

२. उठ्नसाथ मनतातो पानी पिउन

सानै उमेरदेखि स्वस्थ्य दिनचर्या कसरी अंगाल्ने भन्ने कुरामा अभ्यस्त गराउन सकियो भने त्यसले जीवनभर फाइदा पु¥याउँछ । बच्चालाई चाडै उठाउने र उठ्नसाथ मनतातो पानी पिउने बानी गराउनुहोस् । बिहान उठ्नसाथ पिउने पानी शरीरको लागि लाभदायक छ । यसले शरीरका अंगहरुलाई सक्रिय गराउँछ ।

३. दिसा–पिसाब गराउने

अक्सर आमाबुवा बच्चालाई कुन समयमा  दिसा–पिसाब गराउने भन्ने कुरामा चासो राख्दैनन् । त्यही कारण बच्चाहरुको दिसा–पिसाब गर्ने बानीमा अनियमितता हुन्छ । कहिले घुम्न गएको बेला त कहिले यात्रामै पनि उनीहरुलाई दिसा लाग्छ । यसले यात्रालाई झन्झटिलो बनाउने नै भयो ।

तर, यसमा तपाई स्वंमको गल्ती छ । यदि बच्चालाई सानै उमेरदेखि निश्चित समयमा दिसा गर्ने बानी गराउनु भयो भने तपाईले दुख झेल्नुपर्दैन । बच्चालाई बिहान उठेर मनतातो पानी पिइसकेपछि शौचालय जान अभ्यस्त गराउनु पर्छ । यसले उनीहरुको स्वास्थ्यमा फाइदा गर्छ ।

४. नास्ता लिन

सानै उमेरदेखि स्वस्थ्य ब्रेकफास्ट लिने बानी गराउनु पर्छ । दिसा–पिसाब त्याग गरिसकेपछि बच्चालाई ब्रेकफास्ट दिनुहोस् । पछि यो उनीहरुको बानीकै रुपमा विकास हुन्छ । बे्रकफास्टमा तारेको, भुटेको वा बजारमा पाइने तयारी खानेकुरा होइन, आफैले तयार गरेको ताजा खानेकुरा दिनुहोस् । संभव भएसम्म तेलरहित खानेकुरा दिनुहोस् । यसमा फलफूल र दुध सामेल गर्नु सर्बोत्तम हुन्छ ।

५. योग र व्यायाम गर्न

बच्चाको शरीर लचिलो हुन्छ । यहि उमेरदेखि योग तथा व्यायाम गर्न सिकाउनु बढी प्रभावकारी हुन्छ । नियमित योग एवं व्यायाम ग¥यो भने उनीहरुमा रोगप्रतिरोधात्मक क्षमता त बढ्छ नै, पढेको कुरा पनि स्मरण गर्न सक्छन् । सानै उमेरमा योग, व्यायाम, ध्यान गर्न सिकायो भने उनीहरु खराब लतमा लाग्ने भय पनि रहँदैन ।

६. आफ्नो काम आफै गर्न प्रेरित गरौं

बच्चालाई आफ्नो कामका लागि अरुमा निर्भर रहने बानी हटाउनुहोस् । कपि–किताव मिलाउने, आफ्नो पहिरन लगाउने, हातखुट्टा धुने, खानेकुरा खाने, खेलौना मिलाउने जस्ता काम बच्चालाई गर्न दिनुहोस् । यसले उनीहरुले श्रमको महत्व त बुझ्छन् नै, तपाई अतिरिक्त झन्झटबाट पनि मुक्त हुनुहुनेछ । साथसाथै बच्चा शारीरिक रुपमा तन्दुरुस्त हुन्छन् ।

७. ताजा खानेकुरा खान

बच्चालाई जंक फूडको लतबाट मुक्त गराउनुपर्छ । कति अभिभावकले छिटो, छरितो खानेकुराको रुपमा बच्चालाई जंक फूड दिने गर्छन् । यसले उनीहरुलाई रोगी बनाउँछ । त्यसैले बच्चालाई सानै उमेरबाट ताजा, स्वस्थ्य खानेकुरामा अभ्यस्त गराउनुपर्छ ।

उनीहरुलाई मीठो ख्वाउने भन्दा पनि स्वस्थ्यकर खानेकुरा ख्वाउने बानी गरौं । किनभने बच्चाको जिब्रोलाई जस्तो खानेकुरामा बानी पा¥यो, त्यसैमा स्वाद भिज्छ । सकेसम्म उसिनेको खानेकुरामा अभ्यस्त गराउनु पर्छ ।

८.घाम डुब्नुअघि खाना खान र चाडै सुत्न

उनीहरुको खाना खाने तालिका नियमित गराउनुहोस् । ठीक–ठीक समयमा खानेकुरा खान अभ्यस्त गराउनुपर्छ । रातको खाना घाम डुब्नुअघि नै खान अभ्यस्त गराउनुपर्छ । यसले उसको पाचन यन्त्रमा नराम्रो असर पर्दैन । खाना खाएको केहि समयपछि मात्र सुत्न दिनुपर्छ ।

९. शिष्टचार सिकाउनुहोस्

कसरी खाने, कसरी हिँड्ने, कसरी बस्ने, कसरी बोल्ने, कसरी अरुको सामुन्ने प्रस्तुत हुने भन्ने कुरामा सानै उमेरदेखि अभ्यस्त गराउनु प्रभावकारी हुन्छ । बच्चालाई टेबल म्यानर सिकाउनुहोस् । हिड्ने र बोल्ने शैली सिकाउनुहोस् । पाहुना आउँदा कसरी प्रस्तुत हुने भन्ने कुरा पनि सिकाउनुहोस् । शिष्टचार पालना गराउनुहोस्, जसले बच्चाको कारण तपाई लज्जित हुनुपर्ने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?