+
+

बायर्नसँग बार्सिलोना घरेलु मैदानमै पराजित

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ३० गते ८:०६

३० भदौ, काठमाडौं । युइएफए च्याम्पियन्स लिगको नयाँ सिजनको पहिलो खेलमा बार्सिलोना घरेलु मैदानमै जर्मन क्लब बायर्न म्युनिखसँग पराजित भएको छ ।

रोबर्टो लेवान्डोस्कीले दुई गोल गरेपछि समूह ‘ई’ अन्तर्गत खेलमा बायर्नले बार्सिलोनालाई ३-० ले पराजित गरेको हो ।

बार्सिलोनाको मैदान क्याम्पनोउमा भएको खेलको ३४औं मिनेटमा थोमस मुलरले लरेय सानेको पासमा गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । ५६औं मिनेटमा लेवान्डोस्कीले जमल मुसिएलाको पासमा गोल गोल गर्दै अग्रता दोब्बर पारे । लेवान्डोस्कीले ८५औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि बायर्नले शानदार जित हात पारेको हो ।

क्लब लेजेण्ड लिओनल मेसीले बार्सिलोना छाडेपछि च्याम्पियन्स लिगको पहिलो खेलमै बार्सिलोना पराजित भएको हो ।

समूह ‘ई’ कै अर्को खेलमा बेनफिका र डिनामो किभले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?