+

मेस्सी, नेयमार र एमबाप्पे सँगै खेल्दा पनि पीएसजी बराबरीमा रोकियो

२०७८ भदौ  ३१ गते १०:०६ २०७८ भदौ ३१ गते १०:०६
मेस्सी, नेयमार र एमबाप्पे सँगै खेल्दा पनि पीएसजी बराबरीमा रोकियो

३१ भदौ, काठमाडौं । लिओनल मेस्सी, नेयमार र किलिएन एमबाप्पे सँगै एकै पटक खेल्दा पनि पेरिस सेन्ट जर्मेन (पीएसजी)ले खेल जित्न सकेन ।

यूईएफए च्याम्पियन्स लिगअन्तर्गत समूह ए को खेलमा पीएसजीले बेल्जियन क्लब ब्रुगसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ ।

खेलको १५औं मिनेटमा एन्डर हेरेराले गोल गर्दे पीएसजीलाई पहिले अग्रता दिलाएका थिए । तर २७औं मिनेटमा हान्स भानाकेनले ब्रुगका लागि बराबरी गोल फर्काए ।त्यसपछि थप गोल हुन सकेन र पीएसजीले बराबरीमै चित्त बुझायो ।

पहिलो पटक सँगै मैदान उत्रेका मेस्सी, नेयमार र एमबाप्पेले ५१ मिनेटम सँगै मैदानमा बिताएका थिए । मेस्सी र नेयमारले पूरा समय खेले पनि एमबाप्पेले ५१औं मिनेटमा मैदान छाडेका थिए ।

च्याम्पियन्स लिग पीएसजी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय