+
+

स्रोत नखुलेको ३८ लाख ५१ हजार रुपैयाँसहित बीरगञ्जबाट दुईजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ३१ गते १७:१४

३१ भदौ, पर्सा । प्रहरीले स्रोत नखुलेको ३८ लाख ५१ हजार १ सय रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-६ गहवामाई बस्ने ४७ वर्षीय कन्हैया प्रसाद सोनार र बारा परवानीपुर गाउँपालिका-३ लिपनीमाल बस्ने १९ वर्षीय दिपक कुमार सर्राफ रहेका छन् ।

वीरगञ्ज महनगरपालिका-६ माईस्थानस्थित कन्हैया प्रसादको केपि ज्वेलर्समा हुण्डी कारोबार हुँदैछ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरुलाई बुधबार साँझ पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूको साथबाट २ थान मोबाइल, ३ वटा बिल बिजक रसिद, २६ वटा खरिद बिक्री रेकर्ड फाईल,१६ थान विभिन्न बैंकका चेकहरू र बैंकमा बुझाएको ११ लाखको भौचर समेत फेला पारी बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?