+
+

नेपाल र भारतबीच तराइ सडक परियोजनाको समीक्षा

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ३१ गते २१:००

३१ भदौ, काठमाडौं । नेपालको तराई क्षेत्रको सडक पूर्वाधारको सुदृढीकरण सम्बन्धमा चौथौं संयुक्त परियोजना अनुगमन समितिको बैठक सम्पन्न भएको छ ।

भिडियो कन्फरेन्समार्फत सम्पन्न बैठकमा भारतका विदेश मन्त्रालयका उत्तरी महाशाखाका सहसचिव अनुराग श्रीवास्तव र नेपालका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशवकुमार शर्मा नेतृत्वको टोली सहभागी थियो ।

बैठकले भारत सरकारको आर्थिक सहयोगमा नेपालमा निर्माण भइरहेको तराई सडक परियोजनाको समग्र कार्यान्वयनको समीक्षा गरेको भारतीय दूतावासले जानकारी दिएको छ ।

१४ वटा सडक प्याकेजहरुमध्ये १३ वटा निर्माण सम्पन्न भइसकेकोले बैठकले परियोजनाले हासिल गरेको उपलब्धिमाथि सन्तुष्टि व्यक्त गरेको थियो । दुवै पक्षले कोभिड महामारीले निम्त्याएको चुनौतीका बाबजुद पनि परियोजना सफलताका साथ अघि बढेको र निर्माण कार्यको अन्तिम चरणमा रहेको बताएका छन् ।

नेपालको तराई क्षेत्रमा कुल ३०६ किलोमिटर लम्बाइ रहेको १० वटा सडकहरु (१४ वटा प्याकेज÷ठेक्कामा विभाजित) को निर्माणका लागि भारत सरकारले सन् २०१६ मा ८०० करोड नेपाली रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्घता गरेको थियो ।

यी सडकहरुले पूर्व–पश्चिम राजमार्गलाई भारतीय सीमासँग जोड्नुका साथै दुई देशका जनताको आवतजावतलाई सहज बनाउन मद्दत गर्नेछ । २०७७ चैत १८ गते नेपालका भौतिक पूर्वाधार तथा यातायात मन्त्री र नेपालका लागि भारतका राजदूतले संयुक्त रुपमा १४ मध्ये १३ वटा सडक प्याकेज नेपाललाई हस्तान्तरण गरेको थियो । fla

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?