+
+

लिग २ : नेपाल र अमेरिकाबीचको दोस्रो खेल आज

अमेरिका विरुद्ध लगातार चौथो जितको लक्ष्यमा नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १ गते ८:५५

१ असोज, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानमा भइरहेको त्रिकोणात्मक सिरिजमा नेपालले आज अमेरिकासँग दोस्रो खेल खेल्दैछ ।

नेपाल र अमेरिकाबीचको खेल मस्कटस्थित अल अमरेत क्रिकेट मैदानमा दिउँसो ४:१५ बजे सुरु हुनेछ ।

सिरिजको पहिलो खेलम‌ै नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । त्यस यता नेपाल ओमानसँग पाँच विकेटले पराजित भयो । बिहीबारको पछिल्लो खेलमा ओमानले अमेरिकालाई ४ विकेटले हरायो ।

सिरिजमा दुई खेल हारिसकेको अमेरिकाविरुद्ध नेपाल लगातार जित हात पार्ने लक्ष्यमा छ । सन् २०२० मा नेपालमै भएको लिग २ मै नेपालले अमेरिकालाई २ खेलमा पराजित गरेको थियो । त्यसैले नेपाल लगातार चौथो जित निकाल्ने योजनामा हुनेछ । अमेरिका पनि नेपालविरुद्ध बदला लिने योजनामा हुनेछ ।

लिग २ को अंक तालिकामा ओमान १८ अंकसहित शीर्ष स्थानमा रहँदा अमेरिका १२ अंकसहित दोस्रो स्थानमा छ । नेपाल ६ अंकसहित छैटौं स्थानमा छ ।
ओमानविरुद्ध नेपालको ब्याटिङ खासै चलेको थिएन । यस्तै फास्ट बलिङ पनि राम्रो हुन सकेको थिएन । त्यसैले अमेरिकाविरुद्ध नेपाली टिममा यी दुई क्षेत्रमा परिवर्तन हुन सक्छ ।

मिडल अर्डरमा नेपालको ब्याटिङ जम्न सकेको छैन । शरद भेषावकर र गुल्शन झाले आज अवसर पाउने सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?