
१ असोज, विराटनगर । स्कुटर दुर्घटनामा परी विराटनगरमा एक जनाको मृत्यु भएको छ । को २१ प ५६१२ नम्बरको स्कुटर बिहीबार राति दुर्घटना हुँदा स्कुटर चालक विराटनगर महानगरपालिका–१ का ४२ वर्षीय रञ्जितकुमार शर्माको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठका अनुसार दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको स्कुटर आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको थियो ।
दुर्घटनामा घाइते भएका शर्माको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4