+
+

भरुवा बन्दुकसहित मोरङबाट एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १ गते १४:१६

१ असोज, विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिका–५ बाट दुई नाल भरुवा बन्दुकसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

बिहीबार साँझ घरमा लुकाएर राखेको अवस्थामा दुईवटा बन्दुक भेटिएपछि ४३ वर्षीय जगतबहादुर लिम्बूलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

उनको घरमा छापा मार्दा भरुवा बन्दुक फेला परेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले बताए । पक्राउ परेका लिम्बूमाथि शुक्रबार म्याद थप गरी हातहतियार तथा खरखजाना मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?