+
+

गुल्मीमा सेतो पुतलीको प्रकोप बढ्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १ गते १५:१०

१ असोज, गुल्मी । गुल्मीमा सेतो पुतलीको प्रकोप बढ्दै गइरहेको छ । सेतो पुतलीको प्रकोप बढेसँगै त्यो पुतलीका कारणले हुने सापु रोगका बिरामी बढेका छन् ।

जिल्लाबाट हालसम्म सापु रोग लागेका आँखाका ४ जना बिरामीलाई रणअम्बिका आँखा अस्पताल भैरहवामा रिफर गरिएको आँखा उपचार केन्द्र गुल्मीका नेत्र अधिकृत सूर्यबहादुर बस्नेतले बताए ।

सम्पर्कमा आएका ६–७ जना बिरामीलाई थप सुविधा नभएका कारण सिधै भैरहवा जान सल्लाह दिएको आँखा उपचार केन्द्र गुल्मीले जनाएको छ ।

आँखाको दृष्टि नै गुम्न सक्ने यो रोग यस वर्ष पनि देखिन थालेको छ । वर्षायाम सकिने समयमा पुतलीको प्रजनन् शुरु हुने भएकाले पनि यो बेला सेतो पुतली सापुका बिरामी धेरै देखिएको हुनसक्ने चिकित्सकहरुको भनाइ छ ।

आँखा पाकेजस्तै अचानक एउटा आँखा रातो हुँदै कालो भागको बीचमा सेतो देखिने, ज्योति कम हुँदै जाने र खासै नदुख्ने लक्षण पाइएमा सेतो पुतलीको संक्रमण हुनसक्ने स्वास्थ्यकर्मीहरुको भनाइ छ । यो रोग लागेका बिरामीहरु ढिलो अस्पताल जाने गर्दछन् ।

तत्काल उपचार शुरु नगरिए आँखाको ज्योति गुम्न सक्ने चिकित्सकहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?