+
+
Shares

बैंकिङ कसूरका फरार प्रतिवादी ललितपुरबाट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १ गते १५:१७

१ असोज, काठमाडौ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरोले बैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मझुवागढी नगरपालिका-१० घर भइ मध्यपुरठिमी नगरपालिका-९ बोडे बस्‍ने ३२ वर्षीय हिरालाला श्रेष्ठ रहेका छन् ।

उच्च अदालत पाटनको २०७८ साल असार २९ गते को फैसलाले श्रेष्ठलाई १० दिन कैद र २५ लाख जरिवाना सुनाएको थियो ।

ब्यूरोले महाराजगञ्जबाट खटिएको प्रहरीले श्रेष्ठलाई ललितपुरबाट पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका श्रेष्ठले पीडितलाई आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्‍ने जानी जानी झुक्याएर सेन्चुरी बैंकको चेक आफ्नो खाताबाट भुक्तान हुने गरी पीडितलाई दिएका थिए।

पक्राउ परेका उनलाई जिल्ला अदालत ललितपुरमा पेश गरिएको गरिएको ब्‍यूरोले जनाएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?