+
+

नेपाल अमेरिकासँग ६ विकेटले पराजित

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १ गते १९:३७

१ असोज, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टूमा नेपालले अर्को हार व्यहारेको छ । ओमानमा जारी त्रिकोणात्मक सिरिज अन्तरगत शुक्रबार भएको आफ्नो तेस्रो खेलमा नेपाल अमेरिकासँग ६ विकेटले पराजित भएको हो ।

पहिलो खेलमा अमेरिकालाई हराएको नेपाल दोस्रो खेलमा ओमानसँग पराजित भएको थियो ।

अल अमिरातमा पहिले ब्याटिङ गरेको नेपालले ४८ ओभरमा सबै विकेट गुमाएर मात्र १७४ रन जोड्यो, जुन अमेरिकाले मात्र २९.३ ओभर खेल्दै ४ विकेट गुमाएर भेट्टायो ।

अमेरिकाका लागि ओपनर स्टिभन टेलरले सर्वाधिक ९२ रन बनाए । २२ रन बनाउँदा २ विकेट गुमाएको अमेरिकाको पारी उनले नै सम्हालेका थिए । उनले मोनांक पटेलसँग तेस्रो विकेटका लागि ९७ रनको साझेदारी गरेका थिए ।

२०औं ओभरको तेस्रो बलमा टेलरको विकेट लिएका करण केसीले अर्को बलमा संजय कृष्णमूर्तिलाई शुन्यमै आउट गरे । तर नयाँम ब्याट्सम्यान जयकरण मलहोत्राले मोनांकसँग मिलेर अमेरिकालाई जित दिलाएका छन् । मोनांक ३८ र जयकरण ३६ रनमा अविजित रहे ।

नेपालका सन्दीप लामिछाने र करण केसीले २–२ विकेट लिए ।

त्यसअघि टस हारेको नेपालको सुरुवात नै राम्रो हुन सकेन । मात्र ५ रन जोड्दा ओपनर आसिफ शेख ३ रनमा आउट भएका थिए ।

कप्तान ज्ञानेन्द्र मल्लले दोस्रो विकेटका लागि कुशल भुर्तेलसँग ४९ रनको साझेदारी गरे  । कुशल ३६ रनमा आउट भए । रोहित पौडेल २ रनमा आउट भए भने विनोद भण्डारीले पनि १० रन मात्र जोडे । तर डेब्युटान्ट गुल्शन झाले कप्तान मल्लसँग पाँचौं विकेटका लागि ५१ रनको अर्को महत्वूपर्ण पार्टनरसिप गरे ।

गुल्शन २८ रनमा आउट भए । कुशल मल्ल शुन्य, सोमपाल कामी २ रनमा पभेलियन फर्किँदा करण केसीले १२ रन बनाए । ४६औं ओभरको तेस्रो बलमा कप्तान मल्ल व्यक्तिगत ५५ रनमा आउट भए । सन्दीप लामिछानेले ११ रन बनाउँदा सुशन भारी २ रनमा अविजित रहे ।

अमेरिकाका लागि सौरभ नेत्राभाल्करले ४ विकेट लिँदा कायल फिलिपले ३ विकेट हात पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?