+
+

दाङमा मुख्यमन्त्रीको सम्पर्क कार्यालय खोल्ने लुम्बिनी सरकारको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १ गते २०:४७

असोज १, बुटवल । लुम्बिनी प्रदेश सरकारले स्थायी राजधानीमा मुख्यमन्त्रीको सम्पर्क  कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् बैठकले स्थायी राजधानीमा मुख्यमन्त्रीको सम्पर्क कार्यालय स्थापना गर्ने निर्णय गरको हो । गत वर्ष प्रदेशसभाले दाङको भालुवाङ क्षेत्रलाई लुम्बिनी प्रदेशको राजधानी घोषणा गरेको थियो ।

बैठकले मुख्यमन्त्री कार्यालयका लागि आवश्यक पूर्वाधार तयार पार्न पर्यटन तथा शहरी विकास मन्त्रालयलाई जिम्मा दिने निर्णय गरेको प्रवक्ता कृष्णध्वज खड्काले बताए ।

मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले असोज ३ गते संविधान दिवसका अवसरमा प्रदेशभित्रका विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने ५७ जनालाई प्रदेश सरकारको तर्फबाट कदर तथा सम्मान स्वरुप प्रदेश पदकद्वारा विभूषित गर्ने घोषणा गर्ने जनाएको छ ।

बैठकले साविक मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमको सट्टा मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमका नाममा सञ्चालन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता खड्काले बताए ।

यस्तै मुख्यमन्त्रीको जनसम्पर्क सल्लाहकारमा घर्तिगाउँ रोल्पा निवासी रमेशबहादुर वली क्षेत्रीलाई नियुक्त गरेको छ । यसैगरी बैठकले  कर्मचारी व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७८ दोस्रो संशोधन स्वीकृत गरेको छ ।

प्रदेश सरकारले झिमरुक गाउँपालिकाको गाउँसभाबाट प्राप्त प्रस्ताव अनुसार गाउँपालिकाको केन्द्रको नाम भ्यागुतेको सट्टा मच्छि कायम गर्न, त्रिवेणी गाउँपालिकाका र रोल्पा नगरपालिकाको वडाहरुलाई थपघट÷समायोजन गर्न संघीय सरकारलाई प्रस्ताव गर्ने निर्णय गरेको छ ।

यसैगरी बुटवल उपमहानगरपालिकाको वडाहरुलाई छुट्याउने प्रस्तावलाई समेत संघीय सरकारलाई पठाउने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?