
३ असोज, काठमाडौं । फिलिपिन्सका बक्सिङ स्टार म्यानी प्याकियोले राष्ट्रपति चुनाव लड्ने घोषणा गरेका छन् ।
सत्तारुढ दल पीडीपी–लाबानको एउटा समूहले उनको नाम राष्ट्रपतिको उम्मेदवारमा प्रस्ताव गरेको थियो । त्यसलाई स्वीकार गर्दै उनले भनेका छन्, ‘म फिलिपिन्सको राष्ट्रपति पदका लागि गरिएको मनोनयनलाई स्वीकार गर्छु ।’
४२ वर्षका सिनेटर प्याकियोले केही पहिले आफूसामू राष्ट्रपति पदको उम्मेदवार बन्ने, फेरि सिनेटर हुने र राजनीतिबाट सन्यास लिने विकल्प रहेको बताएका थिए ।
मनोनयन स्वीकार गरेसँगै प्याकियोले २०२२ मा हुने राष्ट्रपति चुनावका लागि दोस्रो उम्मेदवार बनेका छन् । सिनटेर पान्फिलो लाक्सनले यसअघि नै उम्मेदवारी घोषणा गरिसकेका छन् । अर्का उम्मेदवार बोङ गो मानिएको छ, जसलाई सत्तारुढ पीडीपी–लाबानको अर्को समूहले अघि सार्ने अनुमान गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4