+
+

‘सुनको कचौरी’ रिलिज कार्यक्रममा श्रष्टालाई सम्मान

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ४ गते १२:०२

देवीथान म्युजिक प्रालिले निर्माण गरेको नयाँ गीत ‘सुनको कचौरी’ सार्वजनिक कार्यक्रममा श्रष्टाहरुलाई सम्मान गरिएको छ । संगीतकार राजनराज सिवाकोटी र उनको टिमले उद्योगपति डाक्टर विनोदकुमार चौधरी, कलाकार निर शाह, हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठलाई नेपाली कला, साहित्य क्षेत्रमा योगदान गरेको भन्दै सम्मानित गरेको हो ।

उनीहरुलाई कदरपत्र, दुर्गाको प्रतिमा र दोसल्ला ओडाएर सम्मान गरिएको थियो । सार्वजनिक गीत ‘सुनको कचौरी’मा मदनकृष्ण श्रेष्ठ र मिलन नेवारको स्वर, राजनराज सिवाकोटीको शब्द तथा संगीत छ ।

राजेश पूमा राइको निर्देशनमा तयार भएको गीतको भिडियोमा मदनकृष्ण श्रेष्ठ र गौरी मल्लको अभिनय हेर्न सकिन्छ । भिडियोमा उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन छ । सन्तोष राजबाक यो भिडियोका कोरियोग्राफर हुन् ।

गीत सार्वजनिक कार्यक्रममा उपस्थित श्रष्टाहरुले गीत र भिडियोको खुलेरै प्रशंसा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?