+
+

अष्ट्रेलियाको न्यु साउथ वेल्समा घट्न थाल्यो कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ४ गते १२:२७

४ असोज, काठमाडौं । सोमबार अष्ट्रेलियाको न्यु साउथ वेल्समा कोरोना भाइरस (कोभिड–१९) का तीन सातायताकै कम नयाँ संक्रमित फेला परेका छन् ।

न्यु साउथ वेल्सकी प्रिमियर ग्लाडिस बेरेजिक्लियानले पछिल्लो २४ घण्टामा मुलुकमा ९३५ नयाँ संक्रमित फेला परेको बताएकी हुन् । दैनिक नयाँ संक्रमितको यो संख्या गत अगष्ट २७ यताकै कम हो । आइतबार यो राज्यमा कोरोनाका एक हजार ८३ नयाँ संक्रमित थपिएका थिए ।

बेरेजिक्लियानले पछिल्लो दुई साताको तुलनामा अवस्था राम्रो देखिए पनि सबैभन्दा खराब अवस्था पनि धेरै टाढा नरहेको बताएकी छिन् । पछिल्लो समय अष्ट्रेलियामा कोरोनाविरुद्धको खोप अभियानलाई पनि तीव्रता दिइएको कारण संक्रमण घटेको हो । साथै न्यु साउथ वेल्सको राजधानी सहर सिड्नीका केही स्थानमा कोरोना प्रतिबन्ध पनि खुकुलो बनाइएको छ ।

अहिलेसम्म न्यु साउथ वेल्सका ५३ प्रतिशत वयस्क मानिसले कोरोनाविरुद्धको पूरा डोज खोप लगाइसकेका छन् । अष्ट्रेलियाले ७० प्रतिशतभन्दा धेरै वयस्क नागरिकले पूरा डोज खोप लगाएपछि सीमा पनि खुकुलो पार्दै जाने योजना अष्ट्रेलियाको छ । अक्टोबर महिनाभित्रमा यो लक्ष्य पूरा हुन सक्ने अनुमान छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?