+
+

ह्वाट्सएपमा यसरी पठाउनुहोस् आफैं हराउने मेसेज

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ४ गते १३:३४

लोकप्रिय मेसेजिङ एप ह्वाट्सएपले प्रयोगकर्ताहरुका लागि नयाँ नयाँ फिचर ल्याइरहन्छ र त्यसमध्ये हालै थप गरिएको फिचर हो View Once फिचर ।

स्नापच्याटको सिको गर्दै ह्वाट्सएपले ल्याएको उक्त फिचरको सहायताले ह्वाट्सएप प्रयोगकर्ताले यस्तो फोटो, भिडियो वा कुनै मेसेज पठाउन सक्दछन् जुन प्रापकले केवल एकपटक मात्र हेर्न पाउँदछ । अर्थात् एकपटक हेरिसकेपछि उक्त सामाग्री आफै डिलिट हुन्छ ।

एकपटक हेरिसकेपछि आफै डिलिट हुने मेसेज पठाउन मिल्ने ह्वाट्सएपको View Once फिचर कसरी प्रयोग गर्ने त ?

यसका लागि सबैभन्दा पहिले तपाईंले आफ्नो डिभाइसमा ह्वाट्सएपको सबैभन्दा पछिल्लो संस्करण डाउनलोड गरेको हुनुपर्दछ । त्यसका लागि तपाईं गुगल प्ले स्टोर वा एप्पलको एपस्टोरमा गएर ह्वाट्सएप अपडेट गर्न सक्नुहुन्छ ।

  • ह्वाट्सएपमा disappearing मेसेज पठाउनका लागि ह्वाट्सएप खोल्नुहोस् ।
  • त्यसपछि त्यो आफूले मेसेज पठाउन चाहेको व्यक्तिको वा ग्रुप च्याट खोल्नुहोस्
  • Attach नामक आइकनमा ट्याप गर्नुहोस् । त्यहाँ तपाईंले तत्कालै फोटो वा भिडियो खिचेर पठाउने भएमा Camera अप्सनमा जानुपर्दछ भने आफ्नो डिभाइसमा रहेका फोटो वा भिडियो पठाउने भएमा Gallery अप्सन छान्नुपर्दछ ।

पठाउने सामग्री छनोट गरिसकेपछि प्रिभ्यू स्क्रिनमा तपाईंले टेक्स्टबार मा १ को आइकन देख्न सक्नुहुन्छ । सोही आइकनमा ट्याप गर्नुहोस् र Send थिच्नुहोस् ।

आफूले पठाएको मेसेज प्रापकले प्राप्त गरेर हेरिसकेपछि तपाईंले Opened भन्ने संकेत प्राप्त गर्नुहुनेछ ।

एकपटक मात्रै हेर्न मिल्ने मेसेज कसरी खोल्ने ?

जब तपाईंको ह्वाट्सएपको च्याट बक्समा  यस्तो आफैं हराउने मेसेज आउँछ तब त्यसलाई खोल्न र हेर्नका लागि चनाखो त हुनै पर्दछ । किनकि त्यो मेसेज दुईपटक खोल्न र हेर्न सकिँदैन । त्यसले त्यसका लागि :

  •  आफूलाई प्राप्त भएको १ आइकनसहितको मेसेजमा ट्याप गर्नुहोस्
  •  त्यसपछि सो मेसेजमा भएको फाइल (भिडियो वा फोटो) खुल्दछ ।
  •  हेरिसकेपछि Back अप्सनमा ट्याप गर्नुहोस् । यसो गरिसकेपछि अब तपाईले दोश्रो पटक सो मेसेज हेर्न र खोल्न सक्नुहुन्छ । साथै उक्त मेसेज फाइल फोनमा सेभ पनि हुँदैन ।

यद्यपि आफूले प्राप्त गरेको disappearing मेसेज सुरक्षित राख्न चाहनेले स्क्रिनसट वा स्क्रिन रेकर्ड गरेर राख्न भने सक्छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?