+
+

प्रेसलाई अकुंश लगाउने कानून अस्वीकार्य : विपुल पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ४ गते १३:५२

४ असोज,बुटवल । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले संघ र प्रदेश सरकारले प्रेस र अभिव्यक्ति स्वतन्त्रतालाई सकुंचन गरेर कानून निर्माण गरेको भन्दै आपत्ति जनाएका छन् ।

नेपाल पत्रकार महासंघको आयोजना तथा रूपन्देही शाखाको समन्वयमा सोमबारदेखि बुटवलमा शुरू भएको आधारभूत पत्रकारिता तालिमको उद्घाटन गर्दै अध्यक्ष पोखरेलले प्रेसलाई अकुंश लगाउने कुनै पनि कानून स्वीकार्य नहुने बताए ।

लुम्बिनी र गण्डकी प्रदेश सरकारले ल्याएका प्रदेश सञ्चार विधेयक प्रेस स्वतन्त्रता विरोधी रहेको भन्दै उनले प्रेसमैत्री कानून बनाउन तीनै तहका सरकारको ध्यानाकर्षण गराए । प्रेस स्वतन्त्रताविरोधी विधेयकहरु फिर्ता गर्नुपर्ने उनको माग छ ।

नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष गोविन्द आचार्यले अध्ययन र तालिमबाट क्षमता विकास गरेर पत्रकारिता गरेमा प्रशस्त अवसर रहेको बताए । तालिममा रुपन्देहीका ४० जनाको सहभागिता रहेको महासंघका जिल्ला अध्यक्ष रामराज पोखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?