+
+

सहकारीले उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्छ : मेयर सरावगी

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ४ गते १७:३०

४ असोज, वीरगञ्‍ज। वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले सहकारी संस्थाले उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिएका छन् । बचत संकलन र ऋण प्रवाहमा मात्रै ध्यान दिएर नपुग्ने उनको भनाइ छ ।

वीरगञ्जमा सोमबार चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सेवा शुभारम्भ गर्दै नगर प्रमुख सरावगीले भने ‘वीरगञ्जमा साना उद्यमीहरु प्रसस्त छन्, उनीहरुसँग सहकारीले सहकार्य गर्नुपर्छ र उत्पादनमुलक काम गर्नुपर्छ ।’

वीरगञ्ज-६ आदर्शनगर स्थित रुंगटा महलमा संस्थाले कार्यालय स्थापना गरेर सेवा शुरु गरेको छ । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले वीरगञ्जमा अवैध वित्तीय कारोबारलाई रोक्न चुनौती देखिएको बताए । सहकारी संस्थाले वित्तीय कारोबारलाई व्यवस्थित बनाउने उनको भनाई छ ।

चन्द्रदर्शनको शेयरपूँजी २ करोड ५० लाख रुपैयाँ छ । संस्थामा सदस्य बनेका सेवाग्राहीले जुनसुकै शाखाबाट पैसा राख्न र झिक्न सक्ने व्यवस्था रहेको संस्थाका कार्यकारी अधिकृत राजन पौडेलले जानकारी दिए ।

संस्थामा निक्षेप योजना अन्र्तगत साधरण, विशेष, नारी, जेष्ठ नागरिक, व्यवसाय, सुपर, युवा बचत खात र बाल शैक्षिक बचत खाता खोल्न सकिने संस्थाले जनाएको छ ।

चितवन बाहेक काठमाण्डौ, भक्तपुरबाट सेवा दिइरहेकोमा सातौं शाखाको रुपमा वीरगञ्जबाट सेवा सुरु संस्थाले जनाएको छ । चन्द्रदर्शनले सेवा सुरु गरेसँगै वीरगञ्जमा मात्रै सहकारी संस्थाको संख्या १ सय ९३ पुगेको छ । चन्द्रदर्शनले सोमबार नै आयोजना गरेको रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?