+
+
Shares

द्रूत सेवामार्फत राहदानी लिन विभागमा आइरहनु पर्दैन : राहदानी विभाग

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ४ गते १८:१९

४ असोज, काठमाडौं । परराष्ट्र मन्त्रालय अन्तर्गतको राहादानी विभागले द्रूत सेवामार्फत राहदानी प्राप्तिका लागि विभागमा आइरहनु नपर्ने बताएको छ ।

द्रूत सेवाबाट राहदानी लिन आउने सेवाग्राहीको भीडभाड बढ्दा विभागका धेरै कर्मचारी कोरोना संक्रमित हुँदा सेवा प्रवाहमा असहज अवस्था सिर्जना भई जिल्ला प्रशासन कार्यालय र विदेशी नियोगमा राहदानी छपाइ गरी पठाउने कार्यमा समेत ढिलाइ भएको विभागले जनाएको छ ।

पछिल्लो समय जरुरी नभएकाहरु पनि द्रूत सेवाबाटै राहदानी लिन आउने क्रम बढेपछि विभागले सबै जिल्ला एवं इलाका प्रशासन कार्यालयहरुलाई अत्यावश्यक भएको यकिन गरेर मात्रै द्रूत सेवाबाट राहदानी लिनका लागि सिफारिस गर्न भनेको छ ।

विद्युतीय राहदानी जारी गर्ने तयारी

विभागले तीन महिनाभित्रै विद्युतीय राहदानी जारी गर्ने समेत बताएको छ । सम्बन्धित कार्यालयबाट प्रत्यक्ष दर्ता मार्फत राहदानीका लागि आवेदन दिन सकिने भएकोले प्रभावकारी ढुवानी सेवा सञ्चालन गरी सात दिनभित्रै जिल्लाबाटै सेवाग्राहीले राहदानी प्राप्त गर्न सक्ने छन् ।
अहिलेकै शुल्कमा सेवाग्राहीहरुले विद्युतीय चिप्स सहितको हालको भन्दा धेरै गुणस्तरीय विद्युतीय राहदानी प्राप्त गर्न सकिने भन्दै विभागले अतिआवश्यक नपरी राहदानी बनाउन समेत आग्रह गरेको छ ।

जिल्ला एवं इलाका प्रशासन कार्यालयमार्फत फाराम संकलन गर्न र शीघ्र राहदानी ढुवानी हुलाक सेवा विभागमार्फत गर्ने व्यवस्था मिलाइएको भन्दै विभागले ९ दिनभित्र राहादानी तयार गरी पठाउने बताएको छ ।

हेर्नुहोस् सूचना :

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?