+
+

एमालेले तीन वटै प्रतिवेदन मस्यौदा केन्द्रीय कमिटीमा लैजाने

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ४ गते १८:४१
फाइल तस्वीर

४ असोज, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीमा पेश भएको तीन वटै प्रतिवेदनको मस्यौदा केन्द्रीय कमिटी बैठकमा लैजाने भएको छ ।

आइतबार र सोमबार बसेको स्थायी कमिटी बैठकमा पेश भएको राजनीतिक, संगठनात्मक र विधान संशोधन प्रतिवेदन मस्यौदा केन्द्रीय कमिटी बैठकमा लगिने प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए ।

अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको राजनीतिक प्रतिवेदन मस्यौदा, महासचिव ईश्वर पोखरेलले तयार पारेको संगठनात्मक प्रतिवेदन मस्यौदा र उपमहासचिव विष्णुप्रसाद पौडेलले तयार पारेको विधान संशोधन मस्यौदा माथि स्थायी कमिटीमा छलफल भएको छ ।

यी तीन वटै प्रतिवेदन मस्यौदा माथि स्थायी कमिटी सदस्यहरुले राखेको टिप्पणी गरेका थिए । आगामी १५–१७ असोजमा हुने विधान महाधिवेशनमा पेश गरिने प्रतिवेदनहरुमाथि केन्द्रीय सदस्यहरुको समेत सुझाव समेटिने भट्टराईले बताए । ८ र ९ असोजमा एमालेको केन्द्रीय कमिटी बैठक बस्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?