+
+

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन एक साता सर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ५ गते १०:४९

५ असोज, काठमाडौं । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन तयारी नपुगेको भन्दै एक साता पछि सारिएको छ ।

यही असोज ८, ९ र १० गते गर्ने भनिएको राष्ट्रिय सम्मेलन १४, १५ र १६ गते काठमाडौंमा गर्ने निर्णय भएको हो ।

केही प्रदेशको सम्मेलन बाँकी रहेको र पूर्वतयारी पनि नसकिएकाले राष्ट्रिय सम्मेलन १४ गतेबाट सुरु गर्ने निर्णय गरिएको अखिल क्रान्तिकारीका वरिष्ठ उपाध्यक्ष एवम् सम्मेलन प्रचार प्रसार उपसमिति संयोजक सुरेन्द्र बस्नेतले जानकारी दिए ।

पार्टी अध्यक्ष प्रचण्डसँग छलफल

राष्ट्रिय सम्मेलनको तयारीबारे अखिल क्रान्तिकारीका नेताहरूको टोलीले मंगलबार बिहान माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफल पनि गरेको छ । छलफलको क्रममा नेताहरुले हालसम्मको तयारीबारे प्रचण्डलाई जानकारी गराएका थिए । सो क्रममा प्रचण्डले सर्वसहमतिमा राष्ट्रिय सम्मेलनबाटै नयाँ नेतृत्व चुन्न सुझाव दिएका थिए । छलफलमा माओवादी केन्द्रका नेता एवम् विद्यार्थी फाँट हेर्ने फ्याक्सन इञ्चार्ज हितमान शाक्य समेत सहभागी थिए ।

२१ औं राष्ट्रिय सम्मेलनमा भने क्रान्तिकारीले निर्वाचनमार्फत् नयाँ नेतृत्व चयन गरेको थियो । त्यसयता संगठन र पार्टीमा गुटबन्दी बढेको भन्दै प्रचण्डले सहमतिबाटै नेतृत्व चुन्नुपर्नेमा जोड दिंदै आएका छन् ।

अखिल क्रान्तिकारीको आगामी अध्यक्ष पदमा वरिष्ठ उपाध्यक्ष सुरेन्द्र बस्नेत र उपाध्यक्ष पञ्चा सिंह प्रमुख दाबेदार छन् ।

अखिल क्रान्तिकारीका ५५ जिल्लामा सम्मेलनहरु सकिइसकेको छ । काठमाडौं लगायतका केही जिल्लामा सम्मेलन हुन बाँकी रहेको अखिल क्रान्तिकारीका प्रवक्ता जीपी मैनालीले जानकारी दिए । अखिल क्रान्तिकारीको भौगोलिक (सात वटा प्रदेश) र गैरभौगोलिक (उपत्यका विशेष प्रदेश) गरी ८ प्रदेश संरचना छन् ।

उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरसहित केही जिल्ला सम्मेलनहरु बाँकी रहेको र प्रदेश सम्मेलनका लागि विधान र कार्यविधि तयार गरी हिजो परिपत्र गरिएको प्रवक्ता जीपी मैनालीले जानकारी दिए ।

यसपालि पालिकास्तरमा पनि अखिल क्रान्तिकारीको सम्मेलन भएका छन् । यसअघि पालिकाहरुमा अखिल क्रान्तिकारीको संरचना बनेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?