+
+

‘घिन्ताङ’को छायांकन सुरु, केकी र गौरवको यस्तो लुक्स

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ५ गते १२:१३

चलचित्र ‘घिन्ताङ’को छायांकन सुरु भएको छ । पनौतीबाट यो चलचित्रको छायांकन सुरु गरिएको निर्माता तथा निर्देशक दीपक श्रेष्ठले जानकारी दिए । यो चलचित्रको छायांकन पाँच दिन अगाडि सुरु गरिएको र २० दिनको सेड्यूल राखेर काम अगाडि बढेको निर्देशकको भनाई छ ।

चलचित्रमा नायक गौरव पहारी, नायिका केकी अधिकारी, कलाकारहरु निर शाह, मदनकृष्ण श्रेष्ठ, रमेश अधिकारी, संगम भण्डारी र दीपाश्रीि निरौलाको मुख्य भूमिका रहनेछ । चलचित्रको छायांकन सुरु भएसँगै कलाकारद्धय गौरव र केकीको पहिलो लुक्स पनि बाहिरिएको छ । चलचित्रमा संकल्प भुजेलको छायांकन, दिपक शर्माको संगीत छ ।

राज लामाको प्रस्तुतिमा बनिरहेको यो चलचित्रको बजेट ६० लाख रहेको दीपकले जानकारी दिए । ९ बर्षपछि चलचित्र क्षेत्रमा कमब्याक गर्न लागेका दीपकले चलचित्रलाई पृथक कथामा बनाउन लागेको बताए । चलचित्रलाई पनौतीसँगै फर्पिङमा खिचिनेछ ।

यो चलचित्रको छायांकन वैशाखबाट सुरु गर्ने तयारी गरिताएपनि कोभिडका कारण काम सुरु हुन सकेको थिएन । दीपकले यो चलचित्रलाई आफ्नो महत्वकांक्षी प्रोजेक्ट मानेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?