+
+

सभामुखले प्रचण्डको इशारामा काम गरे : गोकुल बास्कोटा

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ५ गते १२:५९

५ असोज, पोखरा । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले सभामुख अग्निप्रसाद सापकोटा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको इशारामा चलेको आरोप लगाएका छन् ।

मंगलबार पोखरामा आयोजित कार्यक्रममा उनले प्रचण्डकै इशारामा सभामुखले एमालेले गरेको १४ सांसदको कारबाहीलाई मान्यता नदिएको बताए ।

‘उहाँले हुँदै नभएको प्रचण्ड धारा प्रयोग गरेर कारबाही गर्न मिल्दैन भन्नुभयो उनले भने, ‘नमिल्ने भनेर कहाँ लेखेको छ ? प्रतिनिधिसभा नियमावलीमा छ ? कि कुन धारामा छ ?’

सभामुख सापकोटा आफ्नो मर्यादामा नबसेका कारण आफूहरुले संसद अवरुद्ध गरिरहेको बताए । सभामुखले जनता समाजवादी पार्टीले सांसद सरिता गिरीलाई कारबाही गर्दा एकै घण्टामा र माओवादी केन्द्रले टोपबहादुर रायमाझी लगायत ४ सांसदलाई कारबाही गर्दा ४८ घण्टाभित्र सूचना जारी गरेको बास्कोटाले बताए । ‘एमालेको निर्णय मात्र अवज्ञा गर्नुपर्ने कहाँ लखेको छ ? सभामुख न्यायाधीश हो ? सभामुख फैसलाकर्ता हो ?’

नेता बास्कोटाले सभामुखले आफ्नो निर्णय सच्याउनुपर्ने नभए पद छाड्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?