+
+

चाडपर्वले बढायो भिडभाड, विशेषज्ञ भन्छन्- संकट टरिसकेको छैन

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ५ गते १४:२८

हिजोआज बजारमा चाडपर्व लक्षित भिडभाड सुरु भएको छ । नेपाल राष्ट्र बैंकले दशैं तिहार लक्षित नोट सटहीको काम पनि सुरु गरिसकेको छ । मंगलबारदेखि सोह्र श्राद्ध पनि सुरु भएको छ । यस्तो अवस्थामा बजारमा दशैं तिहार लक्षित किनमेलको लागि भएको भिडभाडले कोरोनाको बढाउने हो कि ? भन्ने जोखिम बढेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गर्ने तथ्यांकमा दैनिक संक्रमित हुनेको संख्या कम देखिएपछि अहिले कोरोनालाई बेवास्ता गर्ने क्रम बढेको छ । तर विशेषज्ञहरु अहिले कोरोना महामारीको संकट अन्त्य भइनसकेको भन्दै स्वास्थ्य मापदण्डलाई बेवास्ता नगर्न आग्रह गर्छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बास्तोला अहिले कोरोना महामारी कम भएको जस्तो देखिए पनि कोरोनाको जोखिम नटरिसकेकोले स्वास्थ्य मापदण्डलाई बेवास्ता नगर्न सुझाव दिन्छन् ।

अहिले कोरोनाविरुद्धको दुवै डोज खोप लगाएकाहरुलाई पनि कोरोना संक्रमणले गम्भीर अवस्थामा पु¥याएको देखिन्छ । त्यसैले खोप लगाएका र नलगाएकाहरुले पनि कोरोनाको जोखिम घटेको छैन भन्ने बुझेर सचेत हुनुपर्ने बास्तोला बताउँछन् ।

के नेपाल हर्ड इम्युनिटीमा गएको हो ?

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले गरेको अध्ययनमा  ७० प्रतिशत जति व्यक्तिहरुमा एन्टिबडीको विकास भएको देखिएको छ । अर्काे कुरा खोपको पहुँच धेरैमा पुगिसकेको अवस्था छ । निषेधाज्ञा पूरा खुल्दा पनि संक्रमण धेरै नबढेका कारण हर्ड इम्युनिटीमा गयो भन्ने कुरा भएको हो । तर सिरियस भएर स्वास्थ्य मापदण्ड पालना गर्न भने पछि पर्नु हुँदैन ।

तेस्रो वेभको जोखिम कति ?

कतिपयले हर्ड इम्युनिटीमा गएको अवस्थामा तेस्रो वेभको जोखिम कम हुन्छ कि भन्ने आशय बताउँछन् । दोस्रो वेभभन्दा तेस्रो वेभ बढी शक्तिशाली हुन्छ भन्ने अर्काे मत पनि छ । तर हर्ड इम्युनिटीमा गइसकेको अवस्थामा तेस्रो वेभको जोखिम कति हुन्छ त ? फेरि निर्देशक बास्तोला भन्छन् ‘खोपको पहुँच धेरैमा पुगिसकेको र धेरैमा एन्टिबडीको विकास भएकोले तेस्रो वेभमा पहिले जस्तो भयावह अवस्था नआउला भन्ने हो । तर अहिलेको खोपले कामै नगर्ने, एन्टिबडीले कामै नगर्ने खालको भाइरस आयो भने त यो पनि भन्न सकिन्न । त्यसैले स्वास्थ्य मापदण्डलाई भने पूरा गर्नैपर्छ ।

मौसमी फ्लुले निम्त्याउने समस्या कति जोखिमपूर्ण छ ?

अहिले मौसमी रुघाखोकी र ज्वरो धेरैमा देखिन्छ । कतिले कोरोना हो कि मौसमी समस्या हो भन्ने बुझ्न कठिन हुने अवस्था पनि छ । तर यो कसरी थाहा पाउने ? डा. बास्तोला भन्छन् ‘हरेक वर्ष २ पटक मौसमी फ्लुका कारण रुघाखोकी लाग्ने, ज्वरो आउने जस्ता समस्याहरु देखिन्छ । यो वर्ष पनि यो सिजनमा मौसमी रुघाखोकी धेरैमा देखिएको छ । यो एक किसिमको इन्फ्युएन्जा हो ।’

उनका अनुसार कोरोनामा खोकी बढ्दैबढ्दै जान्छ । पाँच÷छ दिनमा कोरोनाको खोकी हो भने निमोनियाको लक्षण देखिन्छ । तर मौसमी रुघाखोकीमा त्यस्तो देखिँदैन । यदि केही दिनमा निमोनियाको लक्षण देखियो भने स्वास्थ्य संस्थामा परीक्षण गराउन जानुपर्छ । मौसमी रुघाखोकीमा पनि पाँचवर्ष मुनिका बच्चाहरु, ६५ वर्षमाथिका वृद्धवृद्धा र दीर्घरोगीहरुले भने स्वास्थ्य संस्थामा उपचार गराइहाल्नुपर्छ ।

पोस्ट कोभिडको समस्या

अहिले कोरोना संक्रमित भइसकेका मान्छेमा धेरै समयसम्म समस्याहरु निम्तिएको देखिन्छ । यो कत्तिको जोखिमपूर्ण हुन्छ ? बास्तोला भन्छन् । कोभिड संक्रमित भएका व्यक्तिहरुमा पछिसम्म पनि छाती दुख्ने, जोर्नी दुख्ने, शरीर दुख्ने, टाउको दुख्ने जस्ता लक्षणहरु देखिन्छ । यो समयसँगै बिस्तारै ठीक हुँदै जान्छ, आत्तिनु पर्दैन । तर एक्कासी ज्वरो बढ्ने, छाती दुख्ने, हातखुट्टा नचल्ने जस्ता समस्या भयो भने अस्पताल गइहाल्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?