+
+

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक शुरु

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ५ गते १५:१५

५ असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बुद्धनगरमा शुरु भएको छ । नेकपा एमालेबाट अलग भएर बनेको एकीकृत समाजवादीको यो पहिलो केन्द्रीय कमिटी बैठक हो ।

यसअघि ८ भदौमा पनि केन्द्रीय कमिटी बैठक बसेको थियो । तर त्यसबेला एकीकृत समाजवादीले वैधानिकता पाएको थिएन । बुद्धनगरस्थित क्वालिटी ब्वांक्वेटमा शुरु भएको बैठकमा पार्टी गतिविधिको समीक्षा, पार्टी एकता, चुनाव चिन्ह लगायतबारे छलफल हुने प्रचार विभाग प्रमुख जगनाथ खतिवडाले बताए ।

बैठक भोलि पनि चल्नेछ ।

तस्वीरहरु : विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?