+
+

टोकियो पारालम्पिकमा उत्कृष्ट प्रदर्शन गरेकी पलेशा सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ५ गते १५:२४

५ असोज, काठमाडौं । टोकियो पारालम्पिकमा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धनलाई एक लाख रुपैयाँ नगदसहित सम्मान गरिएको छ ।

नेपाल तेक्वान्दो संघका उपाध्यक्ष भरत महर्जनले पूर्व घोषित पुरस्कार मंगलबार पलेशालाई प्रदान गरेका हुन् । महर्जनले पलेशालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे ।

टोकियो पारालम्पिकमा पलेशाले २ खेल जितेकी थिइन् । मुख्य ‘ड्र’ को पहिलो खेलमा पलेशा बेलायतकी खेलाडीसँग पराजित भएकी थिइन् । रिपाचेजमा अमेरिका र सर्बियाकी खेलाडीलाई हराएर पदक नजिक पुगेकी पलेशा फाइनलमा चीनकी खेलाडीसँग चुकेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?