+
+

एमाले प्रवेश गरेका नेता कार्यकर्तालाई राष्ट्रिय जनमोर्चाले गर्‍यो कारबाही

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ५ गते १९:३८

५ असोज, काठमाडौं । नेकपा एमाले प्रवेश गरेका दैलेखका नेता कार्यकर्तालाई राष्ट्रिय जनमोर्चाले निष्कासन गरेको छ ।

दैलेख जिल्लाका प्रदेश तथा जिल्लाका विभिन्न पदमा रहेका भरत शाही, पूर्ण शाही, अमर नेपाली, सुरत रावत, नविन भट्टराई, ओमकुमार रावत र कविराज खत्रीलाई सबै जिम्मेवारी र साधारण सदस्य समेतबाट निस्कासन गरिएको राष्ट्रिय जनमोर्चाले जनाएको छ ।

राष्ट्रिय जनमोर्चाका कर्णाली प्रदेश अध्यक्ष भरतकुमार शाहीसहितका नेता कार्यकर्ता दुई दिनअघि नेकपा एमालेमा प्रवेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?