+
+

यो हो संसारकै लामो कान भएको कुकुर, गिनिज बुकमा लेखायो नाम (भिडियो सहित)

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ६ गते १०:२४

काठमाडौं । तीन वर्षको एक अमेरिकी कुकुरले गिनिज बुकमा नाम लेखाएको छ । लु नामको उक्त पोथी कुकुरले संसारकै सबैभन्दा लामो कान भएको कुकुरको रुपमा विश्व कीर्तिमान कायम गरेको हो ।

उक्त कुकुरका कानका लोती यति लामा छन् कि झ्वाट्ट हेर्दा लाम्काने बाख्राका जस्ता देखिन्छन् । कानका लोतीको लम्बाई १३.३८ इन्च छ ।

पेइज ओल्सेन नामकी महिलाले घरमा पालेको उक्त कुकुरको लोती लामो देखिए पनि उनले नापेकी थिइनन् । तर जब महामारीका कारण घरमै बस्नुपर्दा उनीसँग पर्याप्त समय भयो तब ओल्सेनले आफ्नो कुकुरको कान नाप्न थालिन् । कुकुरको कानको नाप अस्वभाविक पाएसँगै उनले गिनिज बुक अफ वर्ल्ड रेकर्डस्मा निवेदन दिइन् ।

निकै लामो कान भएपनि कुकुरलाई कुनै अप्ठेरो नभएको उनी बताउँछिन् । उनले हरेक महिना कुकुरको कानको जाँच गराउँछिन् । ओल्सेन आफैं पशु चिकित्सक पनि हुन् ।

संसारकै लामो कान भएको कुकुर लगायतका कीर्तिमानलाई गिनिज बुकले २०२२ को नयाँ संस्करणमा समावेश गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?