
६ असोज, गुल्मी । गुल्मीमा मंगलबार राति अविरल वर्षासँगै गएको पहिरोमा पुरिएर एकै घरका तीन जनाको मृत्यु भएको शोकमा तम्घास बजारका पसल व्यवसाय बन्द गरिएको छ ।
रेसुङ्गा नगरपालिका–८ खानीगाउँ थुम्कालाइनका व्यवसायी तिलक परियारका तीन छोरीको पहिरोमा परेर मृत्यु भएको शोकमा बुधबार दिउँसो १ बजेबाट तम्घास बजारका सबै पसल व्यवसाय बन्द गरिएको हो ।
परियारले तम्घास बजारमा टेलरिङ व्यसाय गर्दै आएका छन् । मंगलबार राति पहिरोमा परेर २१ वर्षीया भावना परियार, १४ वर्षीया गंगा परियार र १४ वर्षीया जमुना परियारको मृत्यु भएको गुल्मी उद्योग वाणिज्य संघका महासचिव ताराप्रसाद भुसालले बताए ।
एकतले पक्की घरमाथिबाट ढुंगामाटो सहितको पहिरो बीचको कोठामा पसी एकै ठाउँमा सुतिरहेका तीन जना पुरिएर मृत्यु भएको हो । पहिरोमा परिवारका ३ जना सकुशल रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4