Comments Add Comment

सरकारले दल विभाजन अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने

६ असोज, काठमाडौं । सरकारले दल विभाजनसम्बन्धी अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने भएको छ ।

राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न ल्याएको अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

बुधबार माओवादी केन्द्रको स्थायी समिति बैठकपछि पत्रकारसँग कुरा गर्दै महराले अध्यादेशको विषय भोलिसम्म टुंगिने बताएका छन् । कसरी टुंगिन्छ भन्ने पत्रकारको प्रश्नमा उनले भने ‘भोलि बस्ने संसद बैठकमा प्रतिस्थापन विधेयक आउँछ ।’

सरकारले दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलका ४० प्रतिशत सदस्यको समर्थन आवश्यक पर्ने व्यवस्था अध्यादेशमार्फत संशोधन गरी केन्द्रीय समिति वा संसदीय दलको २० प्रतिशत भए पुग्ने बनाएको थियो । उक्त व्यवस्था अनुसार नेकपा एमाले विभाजन गरी माधवकुमार नेपालसहितका नेताले नेकपा एकीकृत समाजवादी गठन गरेका छन् ।

त्यस्तै जनता समाजवादी पार्टी विभाजन गरेर महन्थ ठाकुरसहितका नेताले लोकतान्त्रिक समाजवादी पार्टी गठन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment