+
+

क्रिकेटर विनोद भण्डारी र सञ्चारकर्मी सोनीकाबीच इनगेजमेन्ट

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ७ गते ६:२८

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारी र सञ्चारकर्मी सोनीका अर्याल विवाह बन्धनमा बाँधिने भएका छन् ।

लामो समयदेखि प्रेम सम्बन्ध रहँदै आएका भण्डारी र अर्यालले बुधबार काठमाडौंमा ‘इनगेजमेन्ट’ अर्थात टिकाटालो गरेका छन् । कार्यक्रममा दुवैतर्फका परिवार उपस्थित थिए ।

आउने दशैँमा विवाह गरिने अर्यालले जानकारी दिइन् ।

हिमालय टेलिभिजनमा पाँच वर्षअघि ‘क्रिकेट एण्ड मोर’ कार्यक्रम चलाउँदादेखि नै दुई जनाबीचको प्रेम सम्बन्ध सुरु भएको थियो ।

सन् २००९ को एसीसी टि-२० बाट नेपाली राष्ट्रिय क्रिकेट टिममा डेब्यु गरेका बिनोद नेपाली टिममा हाल नियमित विकेटकिपर ब्याट्सम्यान हुन् ।

सञ्चारकर्मी अर्याल भने हाल ग्यालेक्सी फोर के टेलिभिजनमा काम गर्छिन् । उनले यसअघि हिमालय टेलिभिजन र एपीवान टेलिभिजनमा काम गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?