+
+

एकीकृत समाजवादीले महासचिव टुंगो लगाउँदै

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ७ गते ७:३८
महासचिवका दाबेदार नेताहरू ।

७ असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादीले आज पार्टीको महासचिव, स्थायी कमिटी, पोलिटव्युरो र केन्द्रीय कमिटीका सदस्यहरु टुंगो लगाउँदै छ ।

आज बिहान ११ बजे बस्ने केन्द्रीय कमिटी बैठकले पार्टी महासचिव टुंगो लगाउनुका साथै केन्द्रीय कमिटीको संख्या तोक्ने सम्भावना रहेको एक नेताले बताए ।

महासचिवमा डा. वेदुराम भुसालको सम्भावना रहेको स्रोतले जनाएको छ । महासचिवका लागि भुसालसँगै मुकुन्द न्यौपाने, राजेन्द्र पाण्डे, गंगालाल तुलाधर, प्रकाश ज्वाला, डा. विजय पौडेललगायतले दाबी गरेका छन् । यीमध्ये पनि भुसाल, पाण्डे र पौडेलको दाबी सशक्त रहेको एक नेताले बताए ।

पार्टी संरचनालाई पूर्णता दिन गत मंगलबारदेखि केन्द्रीय कमिटी बैठक सुरु भएको थियो । आज बैठक सक्ने योजना छ । केन्द्रीय कमिटीको संख्या अनुसार पोलिटव्युरो र स्थायी कमिटी सदस्यहरु टुंगो लगाइने छ । केन्द्रीय कमिटीको एक तिहाइ पोलिटव्युरो र पोलिटव्युरोको एक तिहाइ स्थायी कमिटी सदस्य हुने छन् ।

हाल स्थायी कमिटीमा अध्यक्ष माधव कुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनालसहित मुकुन्द न्यौपाने, डा. वेदुराम भुसाल र प्रमेश हमाल छन् ।

एकीकृत समाजवादीले यसअघि प्रदेश इञ्चार्जहरु तोकेको थियो । प्रदेश १ मा घनेन्द्र बस्नेत, प्रदेश २ मा धर्मनाथ साह, बागमती प्रदेशमा केदार न्यौपाने, गण्डकी प्रदेशमा केशवलाल श्रेष्ठ, लुम्बिनी प्रदेशमा भागवत विश्वासी, कर्णाली प्रदेशमा प्रकाश ज्वाला र सुदूरपश्चिम प्रदेश इञ्चार्ज गरिमा शाह छन् ।

यसैगरी उपत्यका विशेष प्रदेश इञ्चार्ज विश्वनाथ प्याकुरेल, सम्पर्क विशेष प्रदेश इञ्चार्ज विजय गुरुङ र मोर्चा इञ्चार्ज डा. विजय पौडेल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?