+
+

एकीकृत समाजवादीको पदाधिकारी हेरफेर, सचिवमा राजेन्द्र राई थपिए

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ७ गते १३:०४

६ असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादीको पदाधिकारी हेरफेर भएको छ । अब उपाध्यक्षको संख्या ६ पुगेको छ भने राजेन्द्र राई सचिवमा थपिएका छन् ।

केन्द्रीय कमिटीमा नेताहरु राजेन्द्र पाण्डे, प्रमेश हमाल, धर्मनाथ साह र जयन्ती राई उपाध्यक्ष, वेदुराम भुसाल महासचिव, गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेललाई उपमहासचिव र केशलवलाल श्रेष्ठ, जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी र रामकुमारी झाँक्रीलाई सचिव प्रस्ताव गरिएको थियो ।

तर राजेन्द्र राईलाई पदाधिकारीमा नराखेको भन्दै असन्तुष्टि देखिएपछि पदाधिकारी हेरफेर गरिएको हो । एक नेताका अनुसार सचिवमा प्रस्तावित केशवलाल श्रेष्ठलाई उपाध्यक्ष बनाइएको छ भने घनेन्द्र बस्नेतलाई पनि उपाध्यक्ष बनाइएको छ ।

यस्तै सचिवमा राजेन्द्र राई थप भएका छन् । मुकुन्द न्यौपाने पार्टीको तेस्रो वरियतामा रहनेछन् । अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालपछि न्यौपानेलाई राख्ने सहमति जुटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?