+
+

राष्ट्रिय महिला फुटबल टिम स्वदेश फर्कियो

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ७ गते १४:१२
Photo Credit : ANFA

७ असोज, काठमाडौं । उज्वेकिस्तानमा एएफसी महिला एसियन कप-२०२२ छनोट खेलेर नेपाली राष्ट्रिय महिला फुटबल टोली बिहीबार स्वदेश फर्किएको छ ।

नेपाली टोली बिहान स्वदेश फर्किएको हो । टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारीले स्वागत गरे ।

छनोटको समूह एफमा रहेको नेपाल एक बराबरी र एक हारको नतिजापछि समूह चरणबाटै बाहिरिएको थियो । पहिलो खेलमा फिलिपिन्ससँग पराजित भएको नेपालले दोस्रो खेलमा हङकङसँग गोलरहित बराबरी खेलेको थियो ।

नेपालले २ खेलबाट १ अंक जोड्यो । फिलिपिन्स र हङकङबीचको खेल शुक्रबार हुँदैछ । यो समूहको शीर्ष टोली अर्को वर्ष भारतमा हुने एसियन कपमा छनोट हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?