+
+

सेनेटरी प्याडमा लगाएको कर खारेज गर्न अनेरास्ववियुको माग

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ८ गते १५:५६

८ असोज, काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियुले सेनेटरी प्याडमा लगाएको कर खारेज गर्न सरकारसँग माग गरेको छ । शुक्रबार प्रेस वक्तव्य जारी गर्दै अनेरास्ववियुले महिलाको संवेदनशीलताप्रति बेवास्ता र विभेद भएको भन्दै आपत्ति प्रकट गरेको छ ।

‘सरकारले लगाएको १० प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत भ्याटप्रति अनेरास्ववियुको गम्भीर ध्यानाकर्षण भएको छ,’ अध्यक्ष सुनिता बरालले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

अनेरास्ववियुले सामुदायिक विद्यालयका छात्राहरुलाई निःशुल्क गरिने सेनेटरी प्याड वितरणलाई प्रभावकारी बनाउन र विश्वविद्यालयसम्म यो कार्यक्रम सञ्चालन गर्न पनि माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?