+
+

दिगो विकास लक्ष्यका विषयमा जनप्रतिनिधि नै बेखबर

१६ नं लक्ष्यको प्रगति निराशाजनक

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ८ गते १६:५०

८ असोज, काठमाडौं। दिगो विकास लक्ष्य सुरु भएको ६ वर्ष हुन लाग्दा पनि जनप्रतिनिधिको तहमै जानकारी नहुँदा कार्यान्वयनमा चुनौती देखिएको यस क्षेत्रका
सरोकारवालाहरुले बताएका छन् ।

महिला, कानून र विकास मञ्च (एफडब्यूएलडी)ले आयोजना गरेको दिगो विकास लक्ष्य कार्यान्वयनका सम्बन्धमा सञ्चारकर्मीसँगको छलफलका क्रममा दिगो विकास लक्ष्य राष्ट्रिय सञ्जाल नेपालका संयोजक दयासागर श्रेष्ठले राजनीतिक अपनत्व र प्रतिबद्धता नभएकाले कार्यान्वयनमा समस्या भएको बताए ।

जनप्रतिनिधिलाई जानकारी नहुँदा तहगत रुपमा समन्वय र योजना छनोट हुन नसकेको उनको भनाइ छ। दिगो विकास लक्ष्य पूरा गर्न ५५ प्रतिशत योगदान निजी क्षेत्रको हुन्छ ।

दिगो विकास लक्ष्यका १७ वटा लक्ष्यमध्ये १६ नं लक्ष्यको प्रगति निराशाजनक रहेको संयोजक श्रेष्ठले बताए । दिगो विकास लक्ष्यमा हस्ताक्षर गर्ने विश्वका १९३ देशमध्ये धेरै देशमा लक्ष्य नं १६ को प्रगति निराशाजनक छ ।

लक्ष्य नं १६ मा शान्ति स्थापना, समावेशी र सामाजिक विषय उल्लेख गरिएको छ । लक्ष्य नं १६ को १२ वटा परिमाणात्मक लक्ष्य र ३२ वटा अनुगमन सूचक तय गरिएको छ ।

सरकारले सन् २०१७ र २०२० मा दुईपटक गरेको समीक्षामा पनि लक्ष्य नं १६ का विषयमा धेरै तथ्याङ्क समावेश गरिएको छैन । लक्ष्य नं १६ का विषयमा कोरोना महामारी शुरु हुनुअघि पनि प्रगति थिएन।

दिगो विकास लक्ष्य अनुसार सन् २०३० सम्ममा गरीबीलाई पाँच प्रतिशतमा झार्ने उल्लेख छ । दिगो विकास लक्ष्य प्राप्तिका लागि वार्षिक रु ६ खर्ब थप बजेट आवश्यक पर्ने संयोजक श्रेष्ठले बताए ।

कार्यक्रममा अधिवक्ता बिनु लामा, मञ्चका कार्यक्रम संयोजक कृतज्ञ राईलगायतले दिगो विकास लक्ष्य हासिल गर्न तीनै तहका सरकारबीच समन्वयात्मक रुपमा काम हुनुपर्नेमा जोड दिएका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?