+
+

विमलेन्द्र, शशांक र प्रकाशमानबीच भेट : सहमतिमा उम्मेदवारी दिने विषयमा छलफल

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ८ गते २०:२२

८ असोज, काठमाडौं । नेपाली कांग्रेसमा सभापतिका तीन आकांक्षी नेता विमलेन्द्र निधि, शशांक कोइराला र प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ । शुक्रबार साँझ महामन्त्री शशांक कोइरालाको निवासमा भएको छलफलमा उनीहरुबीच आसन्न महाधिवेशनमा सहमतिमा उम्मेदवारी दिने लगायतका विषयमा छलफल भएको बताइएको छ ।

निधि, कोइराला र सिंहबीच आसन्न महाधिवेशनमा सभापति पदका अन्य आकांक्षी नेताहरुसँग पनि छलफल गरेर सहमतिमा नेतृत्व चयन गर्नेलगायतका विषयमा पनि कुराकानी भएको छ ।

यसैगरी महाधिवेशनका विषयमा उत्पन्न आशंकाहरुलाई चिर्न निर्धारित मितिमै महाधिवेशन सम्पन्न गर्न आ–आफ्नो ठाउँबाट भूमिका खेल्ने विषयमा पनि उनीहरुबीच सहमति भएको छ ।

यसैगरी उनीहरुले सरकारलाई चाँडो पूर्णता दिएर गठबन्धन सरकारलाई जनउत्तरदायी भएर काम गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गर्ने भएका छन् ।

कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा सभापति पदका आकांक्षी यी तीन नेताबीच पछिल्लो समय छलफल बाक्लिँदै गएको छ । कांग्रेस महाधिवेशन आगामी मंसिर ९ गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?