+
+

गुल्मीको मालिका पूर्ण संस्थागत प्रसुति गाउँपालिका घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ९ गते १३:४६

९ असोज, गुल्मी । गुल्मीको मालिका गाउँपालिका ‘पूर्ण संस्थागत प्रसुति गाउँपालिका’ घोषणा भएको छ । जिल्लाका १२ वटा स्थानीय तहमध्ये मालिका पहिलो पूर्ण संस्थागत प्रसूति गाउँपालिका बनेको छ ।

गत आर्थिक बर्ष ०७७÷७८ मा गाउँपालिकाका ३३२ जनाको प्रसुति अस्पतालमा भएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक बसन्तराज भुसालले बताए ।

जसमा २४२ जना गाउँपालिका भित्रैका बर्थिङ्ग सेन्टरमा प्रसुति भएका छन् । गुल्मी अस्पतालमा ४२ जना, लुम्बिनी मेडिकल कलेज पाल्पामा २५ जना, लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा १४ जना प्रसुति भएका छन् ।

गाउँपालिकाबाट रिफर गरिएका गम्भिर प्रकृतिका बिरामीहरु तम्घास, पाल्पा र बुटबल तथा मालिकाभित्र ठेगाना भइ अन्यत्र बसोबास गर्दै आएका गर्भवतीहरुको संख्या पनि तथ्याङ्कमा समावेश गरिएको स्वास्थ्य शाखा संयोजक भुसालको भनाइ छ ।

गाउँपालिकामा आर्थिक वर्ष ०७४÷७५ सम्म चारवटा मात्रै बर्थिङ सेन्टर थिए । त्यसपछि गत आर्थिक बर्षसम्म चारवटा बथिङङ्ग सेन्टर थप भए । अहिले पालिकाका सबै वडामा बर्थिङ सेन्टर छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?