+
+

निरज आचार्यको प्रश्न : संसद् विघटन के बाध्यता हो ? प्रतिवेदनमा आउनुपर्छ

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ९ गते १५:२०

९ असोज, काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य निरज आचार्यले दुई पटक प्रतिनिधिसभा संसद् विघटन गर्नुपर्नाको कारण राजनीतिक प्रतिवेदनमा आउनुपर्ने माग राखेका छन् । अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन मस्यौदा अपूर्ण रहेको आचार्यको भनाइ छ ।

उनले राजनीतिक प्रतिवेदनमा संसद् विघटन गर्नुपर्ने बाध्यताबारे खुलाउन माग गरेका छन् । ‘पुस ५ गते प्रतिनिधिसभा विघटन गर्नु के बाध्यता थियो । प्रतिवेदनमा आउनुपर्छ’ आचार्यको माग छ ।

७ जेठमा दोस्रो पटक संसद् विघटन गरिनुको कारण पनि स्पष्ट पार्न माग राखेका छन् । ‘पुनः दोस्रो पटक संसद् विघटन गर्नु भन्दा पुनर्स्थापित संसदबाटै समाधान दिन किन सकिएन ? स्पष्ट उल्लेख गर्नुपर्छ’, आचार्यको भनाइ छ ।

आचार्यले तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता जोगउन गएको वर्ष भदौ २६ को सहमति महत्वपूर्ण रहेको बताएका छन् । तर त्यो सहमति कार्यान्वयन हुन नसक्नुको कारण समेत प्रतिवेदनमा उल्लेख गर्नुपर्ने उनको माग छ ।

प्रतिवेदनले पाँच वर्ष नै प्रधानमन्त्री र महाधिवेशनसम्म अध्यक्ष पनि ओली नै रहनेगरी नेकपाभित्र जुटेको सहमतिबारे प्रतिवेदनमा कुनै उल्लेख गरिएको छैन ।

आगामी १५–१७ असोजमा हुने विधान महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन मस्यौदामाथि केन्द्रीय कमिटी बैठकमा छलफल भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?