 
																			९ असोज, जनकपुरधाम । अढाई महिनाअघि इलाका प्रहरी कार्यालय लहानको हिरासत कक्षबाट भागेका एक युवक पक्राउ परेका छन् ।
गत असार २६ गते बिहान इलाका प्रहरी कार्यालय लहानको हिरासत कक्षको ग्रिल तोडेर भागेका नवराजपुर गाउँपालिका १ बस्ने ३४ बर्षीय रामप्रकाश भनिने पशुपति यादवलाई शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
लागूऔषध मुद्दाको अनुसन्धानको सिलसिलामा पक्राउ गरी हिरासतमा राखिएका यादव हिरासत कक्षको प्यासेजको झ्यालको ग्रिल तोडी फरार भएका थिए । उनलाई सिरहाको सखुवानान्कारकट्टी गाउँपालिका १ मौवाहीको लच्कापुलबाट पक्राउ गरिएको सिराहा प्रहरीका प्रवक्ता एवं डीएसपी सुवास बुढाथोकीले जानकारी दिए ।
पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय लहानमै राखेर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4