 
																			१० असोज, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रका संघ/संस्थाहरुमा नेतृत्व चयनका लागि चुनावी प्रक्रिया स्वभाविक भए पनि त्यसलाई जित वा हारका रुपमा लिन नहुने बताएका छन् ।
सप्तरी उद्योग वाणिज्य संघको ११औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले महासंघसहित जिल्ला तथा नगर उद्योग वाणिज्य संघमा सर्वसम्मत नेतृत्व चयनको प्रयास गर्नुपर्ने र त्यसो हुन नसके पनि निर्वाचनको भोलिपल्टदेखि नै एकतावद्ध रुपमा अघि बढ्नुपर्ने बताए ।
आफूसँगै निर्वाचनमा प्रतिस्पर्धा गरेका पूर्वउपाध्यक्ष किशोर प्रधानकै हार्दिकतापूर्ण आमन्त्रणका कारण आफू संघको साधारणसभामा आएको उल्लेख गर्दै निर्वाचनले एक जनालाई मुख्य जिम्मेवारी दिए पनि अरुको सहयोगको आवश्यकता पनि जरुरी रहेको उनले बताए ।
ढकालले महासंघसहित जिल्ला नगर उद्योग वाणिज्य संघमा निर्वाचनबाट नेतृत्व चयन भए पनि आर्थिक मुद्दामा एकढिक्का हुनुपर्ने बताए । संघका साधारणसभामा नेतृत्व चयनसँगै व्यवसायिक गतिविधि विस्तारका सम्भावनाका विषयमा छलफल हुनुपर्ने उनको भनाइ छ । साधारणसभामा आमन्त्रित व्यवसायीसँग बिटूबी लगायतका कार्यक्रम गर्न पनि उनले सुझाव दिए ।
वरिष्ठ उपाध्यक्ष ढकालले आफूहरुले ७७ जिल्लाकै व्यवसायीलाई महासंघको केन्द्रीय नेतृत्वसँग जोड्ने प्रयास गरेको उल्लेख गर्दै सम्भावना भएका क्षेत्रमा महासंघ पदाधिकारी र काठमाडौंका ठूला व्यावसायिक घरानालाई लगानीका लागि उत्प्रेरित गर्ने काम आफूहरुले गरिरहेको बताए ।
महोत्तरीको गौशालामा कागज उद्योग स्थापनाको काम सुरुगरेको उल्लेख गर्दै उनले १ वर्षभित्रमा उद्योग सञ्चालनमा ल्याइने जानकारी दिए ।
आईएमई समूहका अध्यक्षसमेत रहनुभएका ढकालले चन्द्रागिरिको पर्यटन पूर्वाधारको सफलतासँगै सातवटै प्रदेशमा यस्ता पूर्वाधार निर्माणमा आफूहरु जुटेको जानकारी दिए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4