+
+

कांग्रेसको तुलसीपुर नगर सभापतिमा हमाल र घोराहीमा रावत निर्वाचित

रासस रासस
२०७८ असोज १० गते १४:५५
नेपाली कांग्रेसको प्रतिनिधिमूलक तस्वीर ।

१० असोज, दाङ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत तुलसीपुर नगरसभापतिमा सुरेश हमाल ३६८ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी अनिल कार्कीले २०८ मत प्राप्त गरे ।

त्यस्तै उपसभापतिमा विनिल केसीले ३५९ र गौरव सुवेदीले २८५ मत प्राप्त गरी विजयी भए । यसैगरी सचिवतर्फ विमल पौडेल ३२९ र सुशील वलीले २७५ मत प्राप्त गरी विजयी भएका छन् भने सहसचिवमा शेषमणि भण्डारीले ३५१ र झनकबहादुर बस्नेतले ३३० मत प्राप्त गरी विजयी भएको निर्वाचन समितिका प्रवीण लम्सालले जानकारी दिए ।

तुलसीपुरमा कूल ५९३ मतदाता रहेकामा ५९१ मत खसेको थियो ।

त्यस्तै नेपाली कांग्रेस घोराही उपमहानगरपालिकाको सभापतिमा २८६ मत ल्याएर तिलक रावत निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी नीरज गिरीले १६२ मत प्राप्त गरेका छन् । उपसभापतिमा प्रदीप सुवेदीले २३५ र दुर्लभ केसीले २९४ मत ल्याई निर्वाचित भएका छन् ।

सचिवमा भीमकान्त चौधरी, पुष्पराज आचार्य र सहसचिवमा चेतन बस्नेत, राजकुमार बस्नेत निर्वाचित भएका छन् । शनिबार भएको मतगणनाको नतिजा गएराति नै सार्वजनिक भएको हो ।

जिल्लाका दशपालिकामध्ये तीन पालिकामा शुक्रबार नै सर्वसम्मतिमा नयाँ नेतृत्व चयन भएको छ भने सात वटा पालिकामा मतदानबाट नयाँ नेतृत्व चयन भइसकेको कांग्रेसले जनाएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?