+
+

कञ्चनपुरका नौ वटै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

रासस रासस
२०७८ असोज १० गते १६:०९

१० असोज, कञ्चनपुर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत जिल्लाका नौ वटै स्थानीय तहको अधिवेशन सम्पन्न भएको छ । शुक्लाफाँटा नगरपालिका र दोधारा चाँदनी नगरपालिकामा मात्रै सबै पदमा सहमतिका आधारमा नेतृत्व चयन गरिएको छ । अन्य सात स्थानीय तहमा निर्वाचन प्रक्रियाद्वारा नेतृत्व चयन गरिएको छ ।

शुक्लाफाँटा नगरसमितिको सभापतिमा दानसिंह ऐरसहितका सबै पदाधिकारी सहमतिका आधारमा चयन भएका छन् । नगर उपसभापतिमा देवराज जोशी र हरिसिंह कुँवर चयन भएका छन् । नगर सचिवमा हिमालय चन्द र हरेन्द्रकुमार भण्डारी चयन भएका छन् ।

भीमदत्त नगरको सभापतिमा अच्युतराज कलौनी निर्वाचित भएका छन् । कलौनीले २५० र उनका निकटतम प्रतिद्वन्द्वी आशिष खत्रीले १२६ मत ल्याए । उपसभापतिमा क्रमशः दिपेन्द्रसिंह विष्ट २३२, सुशील भट्ट २५५ र सचिवमा क्रमश, नितु भट्ट (भण्डारी) २२६, शाहिल भट्ट २०१ चयन भए ।

बेदकोट नगरपालिकाको सभापतिमा तुलाराम साहु निर्वाचित भए । शाहुले ७८ र पुष्पराज भट्टले ७१ मत ल्याए ।

कृष्णपुर नगरसमितिको सभापतिमा विष्णु खड्का निर्विरोध चयन भए । नगर उपसभापतिमा प्रकाश खड्का र गजेन्द्रसिंह धामी र सचिवमा राजबहादुर रोकाया र सुरत महता चयन भएका छन् । रोकायाले कूल १२४ मत र महताले ९८ मत पाएर निर्वाचित भएका हुन् ।

लालझाडीको गाउँसमितिको सभापतिमा श्रीकृष्ण राना निर्वाचित भएका छन् । रानाले ६३ र उनका प्रतिद्वन्द्वी राजेश रानाले २७ मत ल्याए । गाउँसमितिको उपसभापतिमा वीरबहादुर विष्ट, लक्ष्मण राना, सचिवमा रमेश विष्ट र मेघ राना निर्वाचित भए ।

बेलडाँडी गाउँसमितिको सभापतिमा गजबहादुर विष्ट निर्वाचित भएका छन् । ८५ मतमध्ये गजबहादुर ४५ मत पाएर निर्वाचित भएका हुन् । उपसभापतिमा टीकासिंह खड्का ४३ र ठगना राना ४० मतका साथ निर्वाचित भए । सचिवमा विजयी धनबहादुर रोकाया र कुलैराज उपाध्याय विजयी भए ।

बेलौरी नगर सभापतिमा पेपुराम चौधरी निर्वाचित भएका छन् । चौधरीले ९० र उनका प्रतिद्वन्द्वी विक्रम चन्दले ८० मत पाए । उपसभापतिमा दीपकसिंह विष्ट ९६ र योगबहादुर चन्द ८६ मतसहित निर्वाचित भए । सचिवमा कन्हैया राना ८५ र भूपेन्द्रबहादुर शाही ८९ मतसहित निर्वाचित भए ।

पुनर्वास नगर कार्यसमितिको सभापतिमा शुकबहादुर तामाङ विजयी भएका छन् । तामाङले निकटम प्रतिद्वन्दी दिलबहादुर बोहरालाई १० मतले पराजित गरेका हुन् । उपसभापतिका उम्मेदवार खगेन्द्र ओझा ८९ र नगेन्द्र श्रेष्ठ ७९ मत ल्याएर विजयी भए ।

दोधारा चाँदनी नगरसभापतिमा राजेन्द्र मल्ल सर्वसम्मत रुपमा चयन भएका छन् । मल्लको नेतृत्वमा ५७ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । निर्वाचन अधिकृत धर्मराज पण्डितका अनुसार उपसभापतिमा रामकृष्ण जोशी, कर्णबहादुर सिंह सचिवमा महेन्द्र विष्ट, दिलबहादुर सिजाली तथा सहसचिवमा रमेश भण्डारी र कुशालसिंह साउद निर्विरोध चयन भएका छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?