
काठमाडौं । आईएमईले दसैँको अवसरमा सञ्चालित ‘डबलको डबलको डबल’ अफर अन्तरगत पहिलो हप्ताको विजेता सार्वजनिक गरेको छ ।
सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत नतिजा सार्वजनिक गर्दा सेवाग्राहीद्वय केशव दमाई र विशाल अधिकारी विजेता घोषित भएका हुन् । पानीपोखरी काठमाडौंमा अवस्थित आईएमई केन्द्रीय कार्यालयमा गत शुक्रबार आयोजित फेसबुक लाइभ मार्फत उक्त नतिजा सार्वजनिक गरिएको हो ।
केशव र विशालले संयुक्त अरब इमिरेट्स (युएई) र कतारबाट अफर अवधिमा ४१ हजार ५०७ र ४८ हजार २० रुपैयाँ नेपालमा रहेका आफन्तलाई पठाएका थिए ।
अफर अनुसार केशव र विशालका आफन्तलाई ८३ हजार १४ र ९६ हजार ४० रुपैयाँ उपहार स्वरूप प्रदान गरिने कम्पनीले जनाएको छ ।
आईएमईले असोज १ गतेदेखि कात्तिक २६ सम्म कूल ५७ दिनका लागि यो योजना सञ्चालन गरेको हो ।
अफर अनुसार विदेशबाट पठाइएको रकम आईएमईका ३५ हजारभन्दा बढी एजेन्टहरु वा आईएमई पे मोबाइल वालेटमा प्राप्त गर्दा वा बैंक ट्रान्सफर गर्दा हरेक हप्ता दुई जनालाई पठाएको रकमको डबल (दुई गुणा), हरेक महिना दुई जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबलको डबल (चौगुणा) तथा बम्परमा एक जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबलको डबल (आठगुणा) सम्म रकम पुरस्कार स्वरूप प्रदान गरिने कम्पनीले जनाएको छ । साथै आईएमई पे मा रकम प्राप्त गर्दा रु २०० थप बोनसको व्यवस्था मिलाइएको छ ।
प्रतिक्रिया 4