+
+

बैना रकम फिर्ता मुद्दामा दुई वर्ष कैद तोकिएका व्यक्ति पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १० गते १८:५३

१० असोज, काठमाडौं । बैना रकम फिर्ताको मुद्दामा अदालतबाट दुई वर्ष कैद सजाय तोकिएका फरार व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

गोरखाको गोरखा नगरपालिका–१ घर भई काठमाडौंको टोखामा बस्दै आएका हरिबाबु जोशीलाई महानगरीय अपराध महाशाखाको टोलीले आइतबार बानेश्वरबाट पक्राउ गरेको हो ।

उनलाई काठमाडौं जिल्ला अदालतको गत चैत २७ गतेको फैसलाले बैना रकम फिर्ता पाउँ मुद्दामा ३३ लाख २५ हजार बिगोबापत दुई वर्ष कैद सजाय तोकेको थियो । पक्राउ परेका जोशीलाई फैसला कार्यान्वयनका लागि अदालतमा बुझाइएको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?